२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जसपा नेपालको नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता, ४ बजे मतदान हुने

३० जेठ , काठमाण्डौँ । जनता समाजवादी पार्टी जसपा नेपालको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन अहिले उम्मेदवारी दर्ताको प्रक्रिया जारी छ ।

अपराह्न ४ बजेबाट शुरु हुने मतदानका लागि मनोनयन पत्र फिर्ता लिन साढे ११ बजेदेखि साढे २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली ३ बजे प्रकाशन गरिने छ । यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समिति संयोजक मोहम्मद समिम अख्तर अलीले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस