२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उलटफेरले विश्वकपको गणित बिगार्यो: कस्तो होला सुपर एटको समीकरण, नेपाल अर्को चरण कसरी पुग्छ ?

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा अहिलेसम्म समूह चरणका २३ खेल भइसकेका छन् । २३ औं खेल नेपाल र श्रीलंकाबीच भारी बर्षाका कारण स्थगित भएर समान एक–एक अंक बाँडिएको छ । सबै टोली सुपर आठ चरणमा पुग्ने प्रयासमा छन् । हालको विश्वकपमा धेरै उलटफेर देखिएका छन् ।

जसले सबै टोलीको गणित बिगारेको छ । पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको सह–आयोजक टोली अमेरिकाले अहिलेसम्मको प्रदर्शनले सबैलाई प्रभावित बनाएको छ भने, सन् २००९ को च्याम्पियन पाकिस्तानले भने बल्ल एक जित निकालेर सुपर ८ को यात्रा जिवित नै राखेको छ । प्रतियोगिता अघि बढ्दै जाँदा अर्को राउण्डमा पुग्ने दौड रोचक बन्दै गएको छ । अहिले सबै समूहको अवस्था कस्तो छ ? र कुन टोली सुपर आठ चरणमा पुग्न नजिक छन् । यहाँ थाहा पाउनुहोस् ।

समूह ए मा भारत र अमेरिकाको स्थिति बलियो छ
समूह ‘ए’ मा भारत, अमेरिका, क्यानडा, पाकिस्तान र आयरल्याण्डका टोली छन् । यसमा अहिले भारत र अमेरिकाको स्थिति अन्य टिमको तुलनामा राम्रो छ । भारत चार अंकसहित शीर्ष स्थानमा छ र सुपर एटमा पुग्न अमेरिका वा क्यानडासँग जित आवश्यक छ। अमेरिका पनि त्यस्तै अवस्थामा छ र यदि टोलीले भारत वा आयरल्याण्डलाई हराएमा अर्को चरणमा पुग्न सक्छ। क्यानडाले दौडमा रहन पाकिस्तान र भारत दुवैलाई हराउनुपर्नेछ तर पाकिस्तानले ठूलो अन्तरमा जितिसकेको छ । पाकिस्तानले सुपर आठको दौडमा रहनका लागि अब आयरल्याण्डलाई पनि ठूलो अन्तरले जित्यो भने सम्भव छ । उसलाई भने यत्तिलेपनि नपुग्न सक्छ । अमेरिका, भारत र आयरल्याण्ड दुबैसँग हार्नुपर्छ । खेलमा यो नहोलापनि भन्न सकिन्न । आयरल्यान्डका लागि भने पाकिस्तानसँगपनि हारेमा सुपर आठमा जाने ढोका बन्द हुन्छ ।

समूह बी मा स्कटल्याण्ड शीर्ष स्थानमा छ

समूह ‘बी’ मा स्कटल्याण्ड डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियाभन्दा अगाडि छ । हाल स्कटल्यान्ड पाँच अंकसहित शीर्ष स्थानमा छ । यदि टोली अष्ट्रेलियाविरुद्ध जित दर्ता गर्न सफल भयो र उसको नेट रन रेट धेरै घटेन भने सुपर आठमा पुग्ने छ । अष्ट्रेलियाले पनि स्कटल्याण्डलाई पराजित गर्दै अर्को चरणमा पुग्ने लगभग पक्का गरेको छ । नामिबियाका लागि अगाडिको बाटो कठिन छ किनकि उसले अर्को दुई खेलमा इङ्ल्यान्ड र अष्ट्रेलियाको सामना गर्नेछ। इङ्ल्यान्डका लागि पनि अवस्था कठिन बनेको छ र उसले ओमान र नामिबियाविरुद्धको खेल जुनसुकै हालतमा जित्नुपर्नेछ, अन्य खेलको नतिजा पनि उसका लागि अनुकूल हुनुपर्छ । इङ्ल्यान्डका लागि विशेशगरी अष्ट्रेलिया र स्कटल्यान्डविरुद्धको खेल निकै महत्वपूर्ण रहनेछ । डिफेन्डिङ च्याम्पियन्स यो पटक उलटफेरको चेपुवामा । यस प्रतियोगितामा ओमानको यात्रा औपचारिक रूपमा समाप्त भइसकेको छ ।

समूह ‘सी’ मा न्युजिल्यान्डको बाटो कठिन
सबैभन्दा चाखलाग्दो अवस्था समूह सीको हो । जसमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिज र अफगानिस्तानले आफ्नो प्रदर्शनबाट प्रभावित पारे पनि न्युजिल्याण्डको अगाडिको बाटो कठिन बनेको छ । अफगानिस्तानले पपुवा न्युगिनी वा वेस्ट इन्डिजलाई जितेको खण्डमा अर्को चरणमा पुग्ने छ भने वेस्ट इन्डिजले पनि न्युजिल्यान्ड वा अफगानिस्तानलाई अगाडि बढाउनका लागि जित्नुपर्नेछ। युगान्डाले न्युजिल्यान्डलाई ठूलो अन्तरले जित्नुपर्नेछ र अन्य टोलीको नतिजामा भर पर्नेछ। न्युजिल्याण्ड छनोट हुनका लागि वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी विरुद्धको खेल जसरी पनि जित्नुपर्नेछ ।

समूह डी मा दक्षिण अफ्रिका छनोट नजिक

समूह डी मा रहेको नेपालका लागि श्रीलंकासँगको खेल स्थगित भएर पहिलो पटक विश्व च्याम्पियन श्रीलंकासँग खेल्ने अवसर गुमेपनि सुखद नै रह्यो । नेट रन रेट का आधारमा नेपाल श्रीलंकाभन्दा माथी उक्लिदै आफूलाई तेस्रो स्थानमा उभ्याउन सफल भयो । यो समूहमा दक्षिण अफ्रिका सुपर ८ छनोट नजिक छ । दक्षिण अफ्रिकी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तीन वटै खेल जितेर सुपर आठ चरणको छनोट लगभग पक्का गरेको हो । अर्कोतर्फ बंगलादेशका लागि भोलि नेदरल्यान्ड्सलाई हराउनु निकै महत्वपूर्ण हुनेछ । यदि यो टोलीले नेदरल्यान्ड्स विरुद्ध जित्यो भने आफ्नो बाटो थप बलियो बनाउन सक्छ ।

नत्र उपविजेता हुँदै नेपाल आउनसक्छ । नेपाललाई जितेको नेदरल्याण्ड्सले सुपर ८ मा जान श्रीलंका र बंगलादेशविरुद्ध पनि जित दर्ता गर्नुपर्नेछ । एक अर्काको हार र जितमा यो समूहको अंकगणित रहने भएकाले अघिल्लो चरण प्रवेश निक्कै रोचक रहनेछ । खेल अब यति रोचक बनेको छ कि, नेपाल अघिल्लो चरण प्रवेशका लागि बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल पानीले रद्द हुनुपर्छ । साथै श्रीलंकाले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई जितेमा नेपाल अघिल्लो चरणमा प्रवेश गर्ने छ ।

नेपाली टोलीले अझै अफ्रिकासँग हारेर बंगलादेशलाई जितेमापनि नेट रन रेटका आधारमा सुपर ८ मा पुग्नेछ । नेपालका स्टार खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने निश्चित भएकाले खेल जित्दै नेपाल सुपर ८ मा पुग्ने सम्भावना देखिन्छ । सुपर ८ मा पुग्न श्रीलंकाले नेपाल र नेदरल्यान्ड्सविरुद्ध पनि ठूला जित दर्ता गर्नुपर्नेछ थियो । नेपालसँग अंक बाँडैसँगै उसको सम्भावना कम भएको छ । साथै अन्य टोलीको नतिजामा पनि उ भर पर्नु पर्ने छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस