२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कप्तान रोहितले भने, सन्दीप दाइ आएपछि खेल जित्ने आत्मावल बढ्यो

Captain Rohit said, after Sandeep Dai came, the spirit of winning the game increased

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । उनले सन्दीप खेल्नेगरी आएपछि खेल जित्ने आत्मावल बढेको बताए ।

आईसीसी टी– २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको बताए । विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले उनको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने पौडेलको भनाइ छ । ‘वेस्ट इन्डिजको पिच स्पिनरका लागि एकदमै राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाइको टी– २० मा । अब राम्रो हुनेछ, पौडेलले भने ।

श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको पौडेलले बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने उल्लेख गरे । श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउन सक्यो भने जित्ने सम्भावना हुन्छ, पौडेलले भने, सुरुवाती ब्याट्सम्यानले राम्रो गर्न सके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेन्ट अपडाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस