२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज सुनको मूल्य

Gold Price Today Nepal

२८ जेठ, काठमाडौँ । आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको हो ।

महासङ्घका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस