२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । आइतबार र शनिबार पनि यही मूल्यमा अमेरिकी डलर कारोबार भएको थियो । आज युरोपियन र बेलायती पाउन्डसहित अधिकांश मुद्राको भाउ घटेको छ ।

आइतबार खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको युरो एकको खरिद दर आज १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसामा झरेको छ ।

यस्तै पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा छ । हिजो एक पाउन्डको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ८ पैसा रहेको थियो।

अन्य मुद्राको विनिमय दर

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस