२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

२७ जेठ , काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाई पूर्ण इजलासमा तोकिएको थियो ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस