जेठ २७, काठमाडौँ । कान्तिपुर सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उहाँलाई केन्द्रीय कारागार चलान गरेको हो ।
सहकारीमा बचतकर्ताले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन भएको पाइएको छ । प्रहरीले उनलाई जेठ १८ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार