२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बीमा सरेन्डर बढ्यो : मासिक १ अर्ब रुपैयाँको बीमा पोलिसी सरेन्डर !

२६ जेठ , काठमाण्डौँ । बीमा पोलिसी सरेन्डर गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन । मासिक १ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेन्डर हुने गरेको छ । औसतमा मासिक साढे ८ हजार बढी बीमितले पोलिसी सरेन्डर गरेका छन् ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०र८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । १० महिनामा १० अर्ब ७० करोड ३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण अवधी परिपक्वता नसकिदैं सरेन्डर गरिने जीवन बीमालेखको संख्या र सरेन्डर रकम बढ्दो नै छ ।
प्राधिकरणको नीतिगत कडाईका बावजुद पनि यस्तो दर बढ्दो क्रममा नै छ । कतिपय बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको संख्यामा बढ्को विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कति बीमितले भने आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने पनि गर्छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस