२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा

Jaspa President Upendra Yadav returned from India

२५ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको पेसी आज न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ । आज मुद्दाको पेसी ४ नम्बरमा रहेको छ ।

यसअघि मङ्गलवार पनि सुनुवाइका लागि पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस