२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१७ दिनअघि मात्र एमाले सुनसरीको अध्यक्ष बनेका निलमको हैदरावादमा मृत्यु

काठमाडौं । नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । उपचारका लागि भारतको हैदरावाद जाँदै गर्दा उनको मृत्यु भएको हो । ट्रेनमा हैदरावाद लैजाँदै गर्दा उनको मृत्यु भएको एमाले सुनसरीले जनाएको छ । करिब ६० वर्षीय खनाल लामो समयदेखि आन्द्रासम्बन्धी रोगबाट उनी पीडित थिए । थप उपचारका लागि उनलाई परिवारका सदस्यले भारतको हैदराबाद लैजाँदै गर्दा घटना भएको हो ।

सुनसरीको बराहक्षेत्र घर भएका खनाल यही जेठ ७ गते मात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो । खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस