२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि ह्वात्तै बढ्यो सूनको मुल्य

Gold Price Today Nepal

काठमाडौं, जेठ २५ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार तोलामा १ लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।

पछिल्लो समय सुन र चाँदी दुवैको मूल्य बढ्दै गएको छ। भन्सार कर वृद्धि र अन्तर्राष्ट्रिय बजारमै पनि भाउ बढेकाले स्थानीय बजारमा सुनको मूल्य बढेको जनाइएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस