२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

२५ जेठ, काठमाडौँ । मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शुक्रबार मुख्यमन्त्री सतिश सिंहले सपथ लिएसँगै थप १३ मन्त्री र राज्यमन्त्रीले सपथ लिएका हुन् ।

शुक्रबार एमालेबाट सरोजकुमार यादव-भौतिक पूर्वाधार विकास, राजकुमार लेखी-शिक्षा तथा संस्कृति, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भएका हुन् ।

एमालेबाट दुई जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । जसमा शारदा थापा- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र केशव राय शिक्षा तथा संस्कृत राज्यमन्त्री नियुक्त भएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग वणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका हुन् ।
गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री नियुक्त भएका हुन् ।

एक मात्रै सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी गृह सञ्चार तथा कानुन मन्त्री नियुक्त भएकी छिन् ।
नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री नियुक्त भएकी छिन् ।

त्यस्तै, जनमत पार्टीकी रञ्जु खंग राज्यमन्त्री नियुक्त भएकी छिन् । तर, उनको मन्त्रालय भने तोकिएको छैन ।
नवनियुक्त सबै मन्त्री तथा राज्यमन्त्रीले सपथ लिइसकेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस