२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निर्मला कुर्मीको हत्यारालाई कारबाही गर्न प्रदर्शन गर्ने रुबी खानसहित पक्राउ

जेठ २५, काठमाडौँ । निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्तले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले राजधानीको कलङ्कीदेखि माइतीघरसम्म पैदल यात्रा गरी विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर आएका उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मानवअधिकारकर्मी रूबी खानसहित अन्य रहेका छन् । उनीहरूले निर्मला कुर्मीलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेको अगाडि धर्ना दिएका थिए ।

एक सातासम्म धर्ना दिँदा पनि सुनुवाइ नभएपछि अधिकारकर्मी रुबी खानको नेतृत्वमा १६ जना काठमाडौं आएका हुन् । बाँके प्रहरीले निर्दोषलाई पक्राउ गरेको र दोषीलाई उम्काएको आरोप लगाउँदै उनीहरू ‘जेल भरौं’ अभियान चलाइरहेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस