२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्डको हातमा ७८ लाखको घडी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा घर समेत नभएको र चितवनमा केही जग्गामात्र रहेको उल्लेख गरेका छन् । तर उनले आफ्नो हातमा ठूलै सम्पत्ति रहेको उल्लेख गरेनन् । प्रचण्डको हातमा रोलेक्स घडी देखिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्सविरुद्ध विश्वकप क्रिकेट खेल्दाको तस्बिरमा प्रचण्डको हातमा रोलेक्स घडी देखियो ।

रोलेक्स डीएमटी मास्टर ४० एमएम रुटबिर इन इभरोस गोल्ड वाचको मूल्य ८८ हजार २३६ अष्ट्रेलियन डलर उल्लेख छ । जुन नेपाली रुपैयाँमा ७८ लाख ४१ हजार १४ रुपैयाँ पर्न आउँछ । प्रचण्डको हातमा ७८ लाखभन्दा बढीको त घडी नै छ । प्रचण्डको लवाई-खवाई विलासी किसिमको रहने गरेको विगतमा पनि खुल्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस