२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘गाँजा उत्पादन खुला गर्न एक महिनाभित्र नियमावली बनाउँछौं’ : गृहमन्त्री लामिछाने

२५ जेठ, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषद्मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने उनले बताए । ‘छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन’, उनले भने, ‘एक महिनाभित्र हामी नियमावली बनाउँछौँ ।’
कानुनमा पनि लेखिएको भन्दै उनले नियमावली बनाएर रिसर्च तत्काल हुने बताए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस