२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा १२ असारमा फैसला

२४ जेठ, काठमाडौँ । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दाको फैसला आगामी १२ असारमा हुने भएको छ ।

१९ वर्षअघि लामाको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपरहण गरी हत्या गरेका थिए । उनको हत्यामा सापकोटाको संलग्नता भएको भन्दै पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस