२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर बजार ५ अंकले घट्यो, करिब ४ अर्बको कारोबार

जेठ २३, काठमाडौँ । बुधबार नेपाल स्टक एक्जेञ्ज नेप्से ५.५८ अंकले घटेको छ । आज नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दु कायम भएको छ ।
आज ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँ बराबरको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७३३ पटक किनबेच भएको छ ।

बुधबार ३०६ कम्पनीको शेयर किनबेच हुँदा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले, फ्लोट इन्डेक्स ०.४८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेको छ । १३ वटा समूहमध्ये १ समुहको बराबर भएको छ भने ४ समूहको नेप्से बढेको छ । ८ समूहको इन्डेक्स भने घटेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस