२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप खेल्न नपाएपछि मन भुलाउँदै सन्दीपः जन्मजिल्ला पुगेर मन्दिर दर्शनमा

काठमाडाैं । अदालतले सफाइ दिनका बाबजुद अमेरिकाले टी–२० विश्वकप खेल्न जान भिसा नदिएपछि यतिबेला क्रिकेटर सन्दीप लामिछाने स्तब्ध भएका छन् । उनले मंगलवार नेपाली टोलीलाई भारी मनले शुभकामना दिएका थिए । बुधवार भने सन्दीप मन भुलाउन आफ्नो जन्मजिल्ला स्याङ्जामा पर्ने डहरे देउराली मन्दिर दर्शनका लागि गएका छन् । मन्दिर दर्शन गरिरहेको र पुजारीसँग आशीर्वाद लिइरहेको तस्वीर उनी आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

डहरे देउराली मन्दिर पर्वतसँगकाे सीमामा अवस्थित स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका–५ मा पर्छ । स्याङ्जा सन्दीपको जन्मजिल्ला हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले गत जेठ २ गते निर्दोष साबित गरेपनि नेपालस्थित अमेरिकी दूतावासले भने सन्दीपलाई टी–२० विश्वकप खेल्न जानलाई भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीपलाई दुईपटक अन्तर्वार्ताका लागि बोलाए पनि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपबिनाको नेपाली टोली पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेपालले अब श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध खेल्न बाँकी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस