२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले विस्फोटक ब्याटर मैदान बाहिर निकाले

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका सोमपाल कामीले उत्कृष्ट विकेट लिएर पहिलो सफलता दिलाएका थिए ।

दीपेन्द्र सिंह ऐरीले दोस्रो सफलता दिलाए । सोमपाल कामीले १.२ ओभरमा नेदरल्याण्ड्स माइकल लेविटलाई आउट गरे । ऐरीले राम्रो ब्याटिङ गरिरहेका विक्रमजीत सिंहलाई ८.२ ओभरमा आउट गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस