२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप फुटबल २०२६ का लागि भोलि युएईविरुद्ध नेपाल भिड्दै, नेपाली दर्शकको साथको अपेक्षा

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत युएईविरुद्ध नेपालको खेल भोलि न्युट्रल भेन्यु अर्थात् साउदी अरबमा हुँदैछ । नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् भोलि जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । यो खेल नेपाली समयानुसार राति ९ः४५ बाट शुरु हुनेछ ।

यो खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय थियो । एसियाली फुटबल महासघं (एएफसी) को प्रतिधि टोलीले विश्वकप छनोट खेल खेलाउने सन्दर्भमा दशरथ रङ्गशालाको स्थलगत निरिक्षण गरेको थियो । निरिक्षणपछि एएफसीले मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायतको विषमा प्रश्न उठाउँदै दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको लागि अयोग्य रहेको घोषणा गरेको थियो ।

नेपालले पुनः एकपटक घरेलु मैदानमा खेल्ने मौका गुमाएको छ । नेपालले केही महिनाअघि मात्र दशरथ रङ्गशालाको खराब मैदानका कारण फिफा विश्वकप छनोट अन्तर्गत बहराइनसँग घरेलु मैदान हुने तय भएको खेल खेल्न पाएको थिएन। त्यसपछि नेपालले होम र अवे खेल बहराइनकै मैदानमा खेलेको थियो ।

तत्कालिन समयमा बहराइनले दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेलको आयोजना गर्न योग्य नभएको भन्दै नेपालमा आएर नखेल्ने निर्णय गरेको थियो । नेपालले विश्वकप छनोटको अन्तिम खेलको रुपमा यमनविरुद्ध ११ जुन अर्थात् जेठ २९ गते ‘अवे म्याच’ पनि साउदीमै खेल्ने छ । साउदीमा नेपाली धेरै छन् । होम ग्राउण्डको अवसर गुमाएपनि त्यहाँपनि नेपाली धेरै भएकाले समर्थन गर्न मैदानमा आउँने अपेक्षा गरिएको छ ।

नेपालको टोलीः
गोलकिपर : किरणकुमार चेम्जोङ, अभिषेक बराल र विशाल सुनार

डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई

मिडफिल्डर : भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ र आषिश राई

फरवार्ड : आयुष घलान, आशिक बाबु चौधरी, गिलेस्पीजंग कार्की, हिसुब थपलिया र सञ्जीव विष्ट

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस