२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत

२३ जेठ , काठमाडौँ । भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ एनडिएलाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।

मत परिणाम अनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल गरेको छ । विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ इन्डियाले २२३ सिटमा जित हासिल गरेको छ । अब मात्र नौ सिटको परिणाम आउन बाँकी छ । परिणाम घोषणा भएका मध्ये १७ सिटमा अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’हरूले देखाए झैँ एकल बहुमत भने जुटेन ।

भारतीय जनता पार्टीले प्रस्ट बहुमत ल्याउने अपेक्षाका बिच राजनीतिक विरासत र भारतीय लोकतन्त्रको इतिहास बोकेका नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले निर्वाचन परिणाममा व्यापक सुधार गरेपछि प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लागेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस