२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चाबहिलमा एक व्यक्तिले पेट्रोल छर्केर आफूसहित श्रीमती र तीन छोरीमाथि लगाए आगो

२३ जेठ , काठमाडौँ । काठमाडौंको चाबहिलमा एक व्यक्तिले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । घटनाको खबर पाए लगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थियो । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ ।

रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको भनाई छ । बर्न अस्पताल कीर्तिपुरका अनुसार गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धिको आईसीयूमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत् छन् ।

चञ्चलले यसअघि पनि रक्सी खाएर श्रीमीसँग झगडा गर्ने र पटक–पटक मार्ने धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । तीन दिनअघि मात्रै पनि श्रीमती विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमानले हिंसा गर्दै आएको जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस