२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वर्षा रोकिएको इंग्ल्याण्ड र स्कटल्याण्डको खेल १०–१० ओभरमा निर्धारण

eng vs sco scorecard Live

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल अब सुरु हुने भएको छ । यो खेल वर्षाका कारण रोकिएको थियो । मैदानको निरीक्षण गरेपछि अम्पायरले केही समयपछि खेल सुरु गर्ने निर्णय गरेका हुन् ।

तर, अम्पायरले ओभर घटाएका छन् । अब १०–१० ओभरको खेल हुनेछ । स्कटल्याण्डले ६.२ ओभर खेल्दै बिना विकेटको क्षतिमा ५१ रन बनाएको छ । माइकल जोन्स र जर्ज मुन्से क्रिजमा छन् । सोही अवस्थामा खेल सुरु हुनेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस