२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी पीडितद्वारा प्रधानमन्त्री प्रचण्डलाई पोखरामा कालोझण्डा, ११ जना पक्राउ

२३ जेठ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न गएका प्रधानमन्त्री प्रचण्ड पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दिन माग गरेका थिए । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस