२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

८ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई जेठ २२ गते मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा जेठ २१ गते सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस