२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकाले सन्दीपलाई भिसा नदिनुको कारण सदनलाई जानकारी गराउन कांग्रेसको माग

२३ जेठ , काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको बैठकमा बैठकमा भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’ विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस