२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा देशको टिमलाई हौसला दिन तीन हजार नेपाली

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा खेल खेल्दा अत्याधिक नेपाली समर्थकको माया पाएको छ । यो खेलमा हौसला दिन ठूलो संख्यामा नेपाली समर्थक पुगेका थिए ।

आईसीसीका अफिसियल कमेण्टेटरले अमेरिकाको डालासमा १५ हजार नेपाली रहेको र यो मैदानमा तीन हजार आएको उद्घोष गरे । नेपालीले हरेक बलमा नेपाल–नेपाल भनिरहेका थिए । कुनै बेला ९५ प्रतिशत त कुनै बेला ९९ प्रतिशत दर्शकको साथ नेपाली टोलीले पाएको प्रस्तोताको भनाई थियो । तस्विर : Anjan Niru को फेसबुकबाट

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस