२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु

२२ जेठ , काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल जारी रहनेछ ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । त्यसमा सांसदहरूले छलफलमा भाग लिनेछन् । त्यस्तै आजको बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । उनी पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन् ।

यस्तै नेपाली कांग्रेसबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । उनको ८५ वर्षको उमेरमा गत वैशाख २५ गते निधन भएको थियो । यस्तै २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । उनको गत जेठ १ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस