२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको ९ विकेट गुम्यो

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका एकपछि अर्को गर्दै ९ विकेट गुमेको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएपछि आएका अनिल साह आउट भए । त्यसपछि कुशल मल्ल आउट भए ।

टाइगर उपनामले परिचित दीपेन्द्रसिंह ऐरी मात्र १ रनमा आउट भए । सोमपाल कामी शून्य रनमा नै आउट भए । त्यसपछि कप्तान रोहित पौडेल आउट भए । त्यसपछि छक्कासहित राम्रो ब्याटिङ गरिरहेका करण केसी आउट भए । पौडेलले ३७ बलमा संघर्षपूर्ण ३५ रन जोडे । दीपेन्द्र सिक्स हिटरको रुपमा विश्वभर चिनिएका थिए । कीर्तिमानी छक्का समेत प्रहार गरेका खेलाडी हुन् । आज उनले ६ बल हिर्काएर मात्र १ रन जोडेर आउट हुन पुगे । यो क्षणमा नेपालीका लागि निक्कै गाह्रो भएको थियो ।

कप्तान रोहित पौडेल २ रनमा बालबाल बचेका थिए । आसिफ मात्र ४ रन बनाएर आउट भए । कुशल भुर्तेल ७ रन र अनिल साह ११ रनमा आउट भए । कुशल मल्ल ९ रनमा आउट भए । करण केसी १२ बलमा १७ रन जोडेर आउट भए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अहिले १९. ओभरमा ८ विकेट गुमाएर मात्र १०६ रन जोडेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस