२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा जस्तै कित्ता परिवर्तन भए भारतमा मोदी चिप्लिने निश्चित, अब अनिवार्य गठबन्धन सरकार

election india modi

२२ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतको लोकसभा निर्वाचनको मतगणना मंगलबार बिहानैदेखि चलिरहेको छ । अहिलेसम्म जम्मा तीन सिटको टुंगो लागेको छ, बाँकी ५४० मा गणना चलिरहेको छ । त्यसैले कुन दलले कति सिट जित्छ भन्न हतार हुन्छ । तर अहिलेसम्मको रुझान हेर्दा अब नेपालमा जस्तै कित्ता परिवर्तन हुने हो भने, मोदी सरकार चिप्लिनेछ, कांग्रेस नेतृत्वको गठबन्धनले समेत सरकार बनाउने प्रष्ट भएको छ ।

१० वर्ष भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टी (भाजपा) ले यो पटक ४०० पारको नारा दिएको थियो । २०१९ मा एक्लै ३०३ सिट जितेको भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३५३ सिट जितेको थियो । त्यसैले भाजपा नेताहरुले यो पटक एनडीए गठबन्धनले ४०० सिट जित्ने दाबी गरेका थिए । मतदान सकिएको दिन सार्वजनिक भएका एक्जिट पोलहरुमा समेत एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म जित्ने दाबी गरिएको थियो । तर मंगलबार बिहान जब मतगणना सुरु भयो, ४०० पारको मोदी लहरको छनक देखिएन । विपक्षी गठबन्धनले कडा टक्कर दिएको देखियो र सुरुवाती रुझानबाट मोदी र एनडीएको यो पटक ४०० पारको नारा फेल खायो ।

मतगणनाका क्रममा एनडीए गठबन्धनले एक समय ३०० भन्दा बढी सिटमा अग्रता लिएको थियो । त्यसैले ४०० नभए पनि ३०० पार होला भन्ने प्रश्न देखियो । तर त्यो पनि धेरैबेर टिक्न सकेन । पछिल्ला केही घण्टामा एनडीए गठबन्धनको अग्रता ३०० मुनि नै रह्यो । पछिल्लो समय एनडीए गठबन्धनको अग्रता बहुमत क्रस छ, तर ३०० पुगेको छैन । बीबीसी हिन्दीका अनुसार हाल २९५ सिटमा एनडीए गठबन्धनको अग्रता छ भने विपक्षी गठबन्धनको २३१ र अरुको १७ सिटमा अग्रता छ ।

अब गठबन्धन सरकार

पछिल्लो १० वर्षमा चुनाव अगाडि नै एनडीए गठबन्धन बनाएका कारण मोदी सरकारमा अरू दल पनि थिए, तर २०१४ र १०१९ मा भाजपा एक्लैले प्रष्ट बहुमत ल्याएको थियो । त्यसैले सरकार गठबन्धन सरकार जस्तो थिएन । यो पटक भाजपाको एक्लै बहुमत आउने छैन । जारी मतगणना अनुसार भाजपा २४२ सिटमा अगाडि छ । विपक्षी गठबन्धन बनाएको कांग्रेस १०० सिटमा अगाडि छ । अर्थात् भारतमा अब साँच्चैको गठबन्धन सरकार बन्नेछ । अहिलेसम्म हेर्दा एनडीए गठबन्धन बहुमत (२७२) भन्दा बढी सिटमा अगाडि रहेकाले मोदीकै नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना छ । तर एनडीए गठबन्धनमा रहेका चन्द्रबाबु नायडूको तेलगु देशम पार्टी १६ र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड १३ सिटमा अगाडि छन् । २२ सिटमा अरू दल छन् ।

एनडीए गठबन्धनमा रहेका केही दलले कित्ता परिवर्तन गर्ने हो भने अर्को सरकार पनि बन्नसक्छ । लोकसभा चुनावमा कांग्रेसले ठूलो छलाङ मारेको छ । २०१४ मा ४४ सिट जितेको कांग्रेसले २०१९ मा ५२ सिट जितेको थियो । यो पटक विपक्षी दलहरुसँग मिलेर इण्डिया गठबन्धन बनाएको कांग्रेसले ठूलो फड्को मार्ने पक्का देखिएको छ । हाल कांग्रेस १०० सिटमा अगाडि छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस