२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालीको मुटु चट्कियो, दीपेन्द्रसिंह ऐरी १ रनमा आउट

Dipendra Singh Airee

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचौ झट्का लागेको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएपछि आएका अनिल साह आउट भए । त्यसपछि कुशल मल्ल आउट भए ।

टाइगर उपनामले परिचित दीपेन्द्रसिंह ऐरी मात्र १ रनमा आउट भए । उनी सिक्स हिटरको रुपमा विश्वभर चिनिएका थिए । कीर्तिमानी छक्का समेत प्रहार गरेका खेलाडी हुन् । आज उनले ६ बल हिर्काएर मात्र १ रन जोडेर आउट हुन पुगे । यो क्षणमा नेपालीका लागि निक्कै गाह्रो भएको थियो ।

कप्तान रोहित पौडेल २ रनमा बालबाल बचेका थिए । आसिफ मात्र ४ रन बनाएर आउट भए । कुशल भुर्तेल ७ रन र अनिल साह ११ रनमा आउट भए । कुशल मल्ल ९ रनमा आउट भए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अहिले १२ ओभरमा ५ विकेट गुमाएर मात्र ५६ रन जोडेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस