२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप खेल्नुअघि अमेरिकाको पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै नेपाली खेलाडी

काठमाडौँ । आइसीसी टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताका खेल्ने क्रममा अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन् । नेपाली समाज टेक्ससले गरेको स्वागत कार्यक्रमका बीच उनीहरुले मन्दिरको पनि दर्शन गरेको अमेरिकाबाट प्रकाशित हुने नेपाली अनलाइन हिमालय खबरले जनाएको छ ।

सो अवसरमा प्रशिक्षक मोन्टे देसाईलगायत खेलाडीहरुको सहभागिता थियो । सो अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टिमले जित्ने विश्वास व्यक्त गरे । सोही क्रममा देसाईलगायत खेलाडीहरुले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका हुन् । त्यस क्रममा मन्दिरका मुख्य पूजारी डा। शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ती वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।

खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजासमेत बजाएका थिए। प्रतियोगितामा नेपालले मंगलबार नेदरल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस