२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यसपालि मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

२२ जेठ , काठमाण्डौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार भन्दा धेरै मानिस प्रभावित हुने अनुमान छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा धेरै मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए ।

उनका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । यसपालिको मनसुनमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस