२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मीमा जीप ४०० मिटर तल खस्यो : एक महिलाको मृत्यु, घाइते चार जना गम्भिर !

२१ जेठ, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका–८ भार्से की ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो डबल क्याप गाडी आफै अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा आठ सवार रहेका थिए ।

घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस