२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नामिबिया र ओमानको खेल सुपर ओभरमा

२१ जेठ, काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत ओमान र नामिबियाबीचको खेल सुपर ओभरमा पुगेको छ । शुरुवाती ब्याटिङ गरेको ओभाले १०९ रन बनाएको थियो । ११० रनको जवाफी लक्ष्य पछ्याएको नामिबिया १०९ रनमै समेटिएपछि खेल सुपर ओभरमा पुगेको हो ।

टस जितेर फिल्डिङ रोजेको नामिबियाले ओमानलाई १९.४ ओभरमा १०९ रनमा अलआउट गरेको थियो । ओमानले जितका लागि ११० रनको लक्ष्य दिएको थियो । नामिबियाका लागि रुबेन ट्रम्पलमनले ४ विकेट लिए । त्यस्तै डेभिड वाइले ३ तथा गेराल्ड इराशमसले २ र बेर्नार्ड स्कोल्जले १ विकेट लिएपछि ओमान १०९ रनमा अलआउट भएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस