२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दशकौँदेखि बैङ्करको माग के हो ? आयकर पुनरावलोकनमा किन पर्दैछ लडाईँ ?

२१ जेठ, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले दुई दशकभन्दा लामो समयदेखि उनीहरुलाई लगाइएको महँगो संस्थागत आयकर पुनरावलोकन गर्न माग गर्दै आएको छन् । यो सालको बजेट निर्माणका क्रममा पनि उनीहरुले यस्तो माग लिखित सुझावको रुपमा अर्थ मन्त्रालयमा पठाएका थिए ।

तर सधैँ झौँ यस पल्ट पनि बैंकहरुको उक्त चासोलाई सुन्न र स्वीकार गर्न सरकार तयार देखिएन । बजेटले फेरि पनि वित्तीय मध्येस्थता सेवा दिने कम्पनीहरुलाई महँगो कर लगाउने पुरानै रटान कायम राखेको छ ।

बैंक तथा वित्तीय संस्थासँग सरकारले नाफाको ३० प्रतिशत संस्थागत आयकर लिन्छ । तर अरु कर्पोरेट क्षेत्रले २५ प्रतिशत कर तिरे पुग्छ । ‘हामीलाई चाहीँ सुर्तिजन्य पदार्थ, मदिरा सरहको संस्थागत कर लगाइएको छ ।

पछिल्लो समय बैंकहरुमा चुक्ता पूँजीको हिस्सा अत्यधिक भएका कारण उसको प्रतिफल दरमा ब्यापक कमी आइरहेको छ । यो वर्ष कतिपय बैंकले लाभांश बाँढ्न समेत सकेनन् । गत आर्थिक वर्षमा सबै बाणिज्य बैंकहरुले कुल चुक्ता पूँजीको १८.८१ प्रतिशत खुद नाफा आर्जन गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस