२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

२० जेठ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ । छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस