२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक्जिट पोलको विश्वास नगर्न भारतीय कांग्रेसको आह्वान, ४ जुनमा मोदी सत्ता ढल्ने दाबी

election india modi

नयाँ दिल्ली । भारतीय टेलिभिजन च्यानलहरूबाट विभिन्न संस्थामार्फत आइरहेको एक्जिट पोल बिजेपी र नरेन्द्र मोदीको व्यवस्थापनमा भइरहेको भन्दै विपक्षी गठबन्धनले एक्जिट पोलको दाबीलाई खण्डन गरेको छ ।

भारतीय कांग्रेस पार्टीका महासचिव जयराम रमेशले एएनआइसँग कुरा गर्दै परिणाम जमिन र आकाशको फरक आउने भन्दै एक्जिट पोलको व्यवस्थापन मोदीले गरेको आरोप लगाएका छन् ।

इण्डिया गठबन्धनको मनोबल गिराउने र परिणाम तलमाथि पार्ने योजनाअनुरूप एक्जिट पोलको नाटक गरिएको भन्दै उनले विपक्षी गठबन्धनले कम्तीमा २९४ सीट जित्ने दाबी गरेका छन् । ४ सीटमा चुनाव भएका राज्यमा एक्जिट पोलले बिजेपीलाई ६ सीट दिएको भन्दै यस्ता हावादारी पोलको विश्वास नगर्न आह्वान गरेका छन् ।

एक्जिट पोललाई कठपुतली भन्दै उनले यसको मास्टर नरेन्द्र मोदी र अमित शाह रहेको बताए । उनले मतगणनाको २ दिनअघि सरकारी संयन्त्रलाई दबाबमा राख्न केन्द्रीय गृहमन्त्री अमित शाहले डेढ सय जिल्ला अधिकारी र कलेक्टरलाई फोन गरेकोमा समेत आपत्ति जनाएका छन् । एनले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । निर्वाचन आयोगमा गएर आज आपत्ति जनाउने कार्यक्रम समेत उनले सुनाएका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस