२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टेस्ट मान्यताप्राप्त देशलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन्छौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् ।

शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए ।

आफूहरू विश्वकपका लागि उत्साहित रहेको उनले बताए । पौडेलले करिव २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताए । राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने पौडेलको भनाइ छ ।

टी-२० विश्वकप : सम्भावित शीर्ष तीन दावेदार टोली (कारणसहित)

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको जानकारी दिए । उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताए । देसाईले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरूको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताए ।

नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने देसाईले जानकारी दिए । दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको उनको भनाइ छ । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप सुरु हुँदैछ । नेपालको पहिलो खेल जुन ४ मा नेदरल्याण्डसँग छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस