२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरपालिकाले २ सय ५८ जना नगर प्रहरी जवानको माग

काठमाडौं महानगरपालिकाले २ सय ५८ जना नगर प्रहरी जवानको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ सय ५८ जना नगर प्रहरी जवानको माग गरेको छ । शनिबार एक सूचना प्रकाशित गरी महानगरले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन माग गरेको हो ।

महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई दरखास्त दिन आग्रह गरेको छ । महानगरका अनुसार ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्नुपर्नेछ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस