२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको उद्धार

पोखरा । फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ । बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् ।

डुङ्गा भाडामा लिएर फेवातालमा उनी सवार हुँदा हावाहुरी आएको थियो । अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उनको उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए । उनी २७ वर्षीया अष्ट्रियाको नागरिक लाउरा रहेको गणपति शर्माले जानकारी दिए।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस