२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौँ महानगरको ऐतिहासिक काम : अब सार्वजनिक शौचालयमा शुल्क उठाए कारबाही हुने

१८ जेठ, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचायल प्रयोग गरेवापत शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाले आज सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिन आग्रह गरेको हो ।

‘निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शिुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साँझेदारी इकाईंमा लिखित प्रस्ताव पेस गर्न अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ।

तोकिएको समयावधिपश्चात महानगरपालिका क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क रुपमा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस