२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज कुन विदेशी मुद्राको विनिमय दर कति छ ?

exchange american dollar

१८ जेठ , काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो ।

युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसाबाट खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसामा खस्किएको छ ।

यस्तै एक बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा छ । हिजो एक पाउन्डको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ५ पैसा थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस