२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संवैधानिक परिषदको निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य

१७ जेठ, काठमाडौँ । संवैधानिक परिषदसम्बन्धी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ । यसअघि नेकपा एमालेले कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा विवाद झिकेको थियो ।

यसअघि एमाले प्रतिपक्षमा हुँदा प्रधानमन्त्रीको मत अनिवार्य हुनुपर्छ भन्नेमा बिमति राख्दै आएको थियो । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । तर नेकपा एमाले सत्तापक्ष भएपछि उक्त अडान छाडिदिएको छ । अब संसदीय समितिले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक पारित गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस