२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१० महिनामा सात अर्बको अलैँची निर्यात, मुल्य प्रतिमन ९० हजारभन्दा बढी !

१७ जेठ, काठमाडौँ । चालु आर्थिक बर्षको १० महिनामा करिब सात अर्बको अलैंची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को वैशाख मसान्तसम्म ६ अर्ब ९१ करोडको अलैंची विभिन्न देशमा निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा ४४ हजार २ सय ५२ क्वीटल अलैंची निर्यात भएको छ । यो निर्यात हालसम्मकै कार्पेटपछिको उच्च रहेको विभागको तथ्यांकमा छ। कार्पेट करिब आठ अर्बको निर्यात भएको विभागको तथ्यांकमा छ ।

गत आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको विभागको तथ्यांकमा छ । भने १० अर्बभन्दा बढीको कार्पेट निर्यात भएको विभागले जनाएको छ ।

चालु आर्थिक बर्षमा अलैँचीको भाउ बढेसँग यसको माग पनि बढेको नेपाल अलैँची महासंघले जनाएको छ । हाल अलैँचीको मुल्य प्रतिमन ९० हजारभन्दा बढीमा व्यापार भइरहेको महासंघको भनाइ छ ।

नेपाली अलैंचीको मुख्य बजार भारत मात्र भएपनि पछिल्लो समय जर्मनी, इटाली, युनाइटेड स्टेट्स, अमेरिका, क्यानडा र पाकिस्तान लगायत देशमा निर्यात हुन थालेको महासंघले जनाएको छ ।

पूर्वी पहाडी जिल्लाको मुख्य आयस्रोत अलैंची खेती भएको महासंघले जनाएको छ । देशमा उत्पादन भएको २ प्रतिशत अलैंची मात्रै आन्तरिक बजारमा खपत हुने र बाँकी सबै विदेशी बजारमा व्यापार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस