२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप अमेरिकी दूतावासमा, भिसाका लागि फेरि अन्तर्वार्ता भयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई भिसा नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

स्रोतका अनुसार परराष्ट्रले बुधबार दूतावासलाई नोट पठाएको बुझिएको छ । बिहीबार (आज) खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए । दूतावासले चाार बजे बोलाएपछि सोही समय लामिछाने दूतावास आइपुगेका छन् । उनको फेरि अन्तर्वार्ता भएको छ । भिसा दिने नदिने केही जानकारी भएको छैन, उहाँ यही बस्नुभएको छ स्रोतले भन्यो ।

सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो । नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी२० विश्वकप खेल्न जाने तयारीमा छन् । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस