२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकासँग नेपालले टस हार्यो, दीपेन्द्रसिंह ऐरी कमब्याक

nepali-cricket-Toli-ICC

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअघिको दोस्रो तथा अन्तिम अभ्यास खेल अहिले नेपाल र अमेरिकाबीच खेल सुरु भएको छ । अमेरिकाको डल्लासमा जारी खेलमा नेपालले टस हारेर बलिङ गरिरहेको छ ।

नेपालका विस्फोटक अलराउण्डर दीपेन्द्रसिंह ऐरी आज मैदानमा उत्रिएका छन् । यसअघिको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ६३ रनले पराजित भएको थियो । विश्वकप क्रिकेटअघि अहिले अभ्यास खेल भइरहेको छ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिखदेखि शुरु हुँदैछ । नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह डी मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् ।

यस्तै समूह ए मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह बी मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह सी मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस