२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेटले सुनको मूल्य तोलामै ६ हजार महँगिने, आजैबाट लागू

gold price today nepal

१७ जेठ, काठमाडौं । बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।

थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । आज बिहीबार भने अघिल्लै खरिद बाँकी रहेकाले २३ सय मात्र बढ्यो । भोलिबाट महँगिको दर आउनेछ । ‘बजेटलगत्तै भन्सार दरहरु लागू हुने हो, हिजो औपचारिक छलफलकै क्रममा रह्यौं, त्यसकारण आजदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन हुन थालेको छ उनले भने ।

नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने उनले बताए । ‘उच्च भन्सार दरकै कारण नेपालमा सुनको मूल्य धेरै नै महँगो भएको छ, यसले अवैध कारोबार झन् फस्टाउन सक्ने जोखिम पनि छ’ बज्राचार्यले भने । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ छ । बिहीबारको मूल्य १ लाख ४० हजार ५ सय रुपैयाँ छ । भोलि अझै बढ्नेछ ।

त्यस्तै महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले नयाँ भन्सार दरअनुसार बैंकहरुले मूल्य जोडिसकेकाले महासंघले सोअनुसार मूल्य तय गर्ने बताए । ‘अन्तर्राष्ट्रिय बजार मूल्य, यहाँको भन्सार दर, अमेरिकी डलरको मूल्य लगायतको हिसाव गरेर मूल्य निर्धारण हुँदै आएको छ’ उनले भने ।

 

 

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस