२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुर्खेत जीप दुर्घटना : मृत्तक चारै जनाको सनाखत, तीन जना एकै गाउँका !

१७ जेठ, काठमाण्डौँ । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका–३ का रहेका छन् भने एक जना दैलेख भैरवि गापा–४ का रहेका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिकोट शुभकालिका–३ का तन्त बिक, नमराज बिक र बीरेन्द्र बिक रहेका छन् । त्यस्तै भैरवि गापा–४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यस्तै, दुर्घटनामा घाइते भएका कालिकोट शुभकालिका–३ का नरि बिक र कालिकोट खाडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट चालक रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी बीरेन्द्रवीर बिश्वकर्माले बताए । घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस