२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

BREAKING : सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट ३ सय मिटर तल खसेको छ । जीप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भए पनि ढिलो गरी मात्रै थाहा भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनखात भएको छैन । दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस